aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वाबलम्बन लघुवित्तको खुद नाफा गत वर्ष २१ प्रतिशतभन्दा बढीले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
स्वाबलम्बन लघुवित्तको खुद नाफा गत वर्ष २१ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३३ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा २१ दशमलव २८ प्रतिशत बढी भएको हो । 

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले २७ करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको सञ्चालन नाफा भने करिब ११ प्रतिशत घटेको छ । अघिल्लो वर्ष ५८ करोड ७९ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ५२ करोड ५० लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्ष ट्याक्स खर्चहरूमा कमि आउदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो । 

अघिल्लो वर्ष ३० करोड रूपैयाँभन्दा बढी रहेको आम्दानी कर गत वर्ष १५ करोड ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २५ करोड ७० लाख रूपैयाँभन्दा बढी बढी छ । १५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर १ अर्ब २९ करोड ४ लाख ९५ हजार रूपैयाँ पु¥याएको कम्पनीको शेयर प्रिमियममा ८ लाख रूपैयाँभन्दा बढी र रिटेन्ड अर्निगमा ५८ करोड २८ लाख रूपैयाँभन्दा बढी बढी रहेको छ । 

जगेडा कोष रकम भने १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी छ । अघिल्लो वर्षभन्दा करिब ७ प्रतिशत बढी १२ अर्ब ८० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव १२ प्रतिशत कम १८ अर्ब २९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ५ दशमलव ८८ प्रतिशत रहेकोमा गत वर्ष ८ दशमलव ६६ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६ रूपैयाँ ३१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५२ रूपैयाँ ४६ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस