aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हतियारधारी लुटेरालाई लट्ठीले ढाल्ने नै पुलिसको फन्दामा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
हतियारधारी लुटेरालाई लट्ठीले ढाल्ने नै पुलिसको फन्दामा !

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्य लुटेराको राज्यमा लुटेराहरूको दबदबा छ  ।  यस्तै लुटेराबाट आजित एक पसलेले सामान्य लट्ठीको सहायताले हतियारधारी लुटेरालाई तह लगाएका छन्  । 

तर, स्थानीय पुलिसले समेत कुनै कारबाही गर्न नसकेर त्यति कै छाडेका त्यस्ता लुटेरालाई सबक सिकाउने उनिया व्यापारी अहिले प्रहरीको फन्दामा परेका छन् ।   पूर्णरुपमा कानुनको पालना गर्दै आफ्नो व्यापार सम्हालेका ती व्यापारीले सो लुटेराको पहिलो दुई पटकको लुटलाई वास्ता गरेनन्  ।

तर, जब तेस्रो पटक पनि आएर उसले हतियार देखाउँदै मनपरी ढङ्गले सामान उठाउने गर्‍यो तब भने ती व्यापारीले उसलाई लट्ठीले हानेर ढाले अनि पुलिसको जिम्मा लगाए  । स्थानीय सञ्चार मध्यमका अनुसार पुलिसले भने उनलाई नै उल्टै पसलमा आएको मान्छेलाई कुटपिट गरेको आरोपमा दुख दिइरहेको छ  ।

यो घटना उत्तरी क्यालिफोर्नियाको स्टकटनको सेवन-इलेभेनमा क्लर्कमा भएको हो । घटना देखिएको भिडियोमा सो लुटेराले एक व्यक्तिलाई बन्दुक ताक्ने र  सामान लैजाने धम्की दिइरहेको देखिन्छ  ।

सो लुटेरा त्यो साँझ तीन पटक पसलमा गएको थियो । प्रत्येक पटक पसलेलाई धम्की दिएर उनीहरूलाई लुट्ने गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस