aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

निजी विद्यालय सञ्चालकहरूले गरे अनिश्चितकालीन विद्यालय बन्दको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
निजी विद्यालय सञ्चालकहरूले गरे अनिश्चितकालीन विद्यालय बन्दको घोषणा

काठमाडौँ । सरकारले प्रस्ताव गरेको नयाँ विद्यालय शिक्षा ऐन २०८० को विधेयकको व्यापक बिरोध भएको छ । त्योसँग असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।

उनीहरुले विधेयकमा समावेश गरिएका धेरै विषयमा उनीको असहमति रहेको कुरा मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै आन्दोलनको समेत घोषणा गरेका हुन्  । प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । 

आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आफुहरु विद्यालय बन्दको चरणमा पुग्नु अघि नै सरकारले लिखित प्रतिवद्ता मात्र आफुहरु आन्दोलनबाट पछी हट्ने बताए । 

सो बिधेयक मस्यौदामा निजि बिद्यालयहरु ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै अन्य थप मागहरु समेत आगाडी सारेका छन्।

प्रतिक्रिया दिनुहोस