फिदिम । एउटा चौंरी गोठबाट वार्षिक कति आम्दानी होला? अधिकांशको जवाफ हुन्छ, गोठबाट फाइदा नै हुँदैन । कतिपयको जवाफ हुन्छ, ५० हजारदेखि मुस्किलले एक लाखसम्म । तर, चौंरीपालक किसानको जवाफ भने फरक हुन्छ । उनीहरुले आश्चर्यलाग्दो आम्दानी सुनाउँछन् ।
पाँचथरको उच्च पहाडमा चौंरीपालन व्यवसाय गर्ने किसानको आम्दानी निकै लोभलाग्दो छ । उनीहरुले बार्षिक पाँच लाखदेखि १५ लाखसम्म बचत गरेको बताउँछन् । तर, राम्रो आम्दानी भएर पनि नयाँ पुस्ता चौंरीपालनमा आकर्षित छैन । तर राम्रो अम्दानी भएर पनि चौरीपालनमा पछिल्लो पुस्ताको आकर्षण शून्य छ। युवा पुस्ताले aचौरीपालनलाई ध्यान नदिँदा गोठ नै लोप हुने चिन्तामा छन् कृषक । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस