काठमाडौं । केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा लिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएम्डब्लुसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ । विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनिले लिएको छ ।
यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुको आकर्षक डिजाइन हुनेछ । बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन् । स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ । नयाँ बिएम सिरिज मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस