aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा मूल्य वृद्धि धेरै हुने अनुमान, टमाटरको मूल्य मात्रै २३६.१ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
भारतमा मूल्य वृद्धि धेरै हुने अनुमान, टमाटरको मूल्य मात्रै २३६.१ प्रतिशतले बढ्यो

एजेन्सी । साउन महिनामा भारतमा खाद्यवस्तुको मूल्यमा भारी बृद्धिले हुन सक्ने अनुमान गरिएको छ । अघिल्लो महिनाको तुलनामा १.९० प्रतिशतले ६.७ प्रतिशतसम्म पुग्न सक्ने विदेशी बैंकका अर्थशास्त्रीहरूले यस्तो अनुमान गरेका छन् । ड्यूश बैंक इण्डियाका अर्थशास्त्रीहरूले जुलाई महिनाको उपभोक्ता मूल्य सूचकांक आधारित मुद्रास्फीति जुनमा ४.८ प्रतिशतबाट बढेर ६.७ प्रतिशत पुग्न सक्ने बताएका छन्।

बैंकका प्रमुख अर्थशास्त्री कौशिक दासको नेतृत्वमा अर्थशास्त्रीहरूको यो प्रतिवेदन जुलाई महिनामा आउने मुद्रास्फीति तथ्याङ्क र रिजर्भ बैंक अफ इन्डियाको मौद्रिक नीति समीक्षा अगाडि आएको हो । रिजर्भ बैंकको मौद्रिक नीति समितिको बैठक मङ्गलबारदेखि सुरु हुँदैछ भने भदौ १० गते मौद्रिक नीतिको समीक्षा हुने भएको छ ।

आरबीआईले यसपटक पनि द्विमासिक मौद्रिक नीति समीक्षामा पनि नीति दर यथावत राख्न सक्ने विज्ञहरुको विश्वास छ । पछिल्ला दुई समीक्षाहरूमा नीतिगत दरमा कुनै वृद्धि भएको छैन।

प्रतिवेदनका अनुसार मुद्रास्फीति बढ्नुको कारण टमाटर र प्याजसँगै खाद्यवस्तुको मूल्यवृद्धि भएको हो । योसँगै चामलको मूल्य पनि बढेको छ । दैनिक २२ अत्यावश्यक खाद्यवस्तुको मूल्य १२.३ प्रतिशतले बढेको छ भने असारमा औसत २.४ प्रतिशतले बढेको छ ।

प्रमुख तरकारीमध्ये टमाटरको मूल्य असारमा २३६.१ प्रतिशतले बढेको छ भने असारमा ३८ प्रतिशतले बढेको छ । अर्कोतर्फ प्याजको मूल्य ४.२ प्रतिशतको तुलनामा १५.८ प्रतिशतले बढेको छ । जुनमा ५.७ प्रतिशतको तुलनामा जुलाईमा आलुको मूल्य ९.३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस