aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

युरोपेली सङ्घका राजदूतले राष्ट्रपतिसँग मागे बिदाइ भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
युरोपेली सङ्घका राजदूतले राष्ट्रपतिसँग मागे बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेका छन्‌ ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली सङ्घबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली सङ्घले नेपालको विकास साझेदारका रूपमा पु¥याएको सहयोगका लागि धन्यवाद दिएका सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस