aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।

नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने जनाएको छ । 

‘सरकारले स्याटेलाइट राखे हामी त्यसलाई प्रयोग गर्छौं,’ डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले भने,‘तर सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट हाम्रा लागि प्रविधिक रुपम उपयुक्त हुन्न । यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौं । प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोध गरेका छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस