aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

तलब भन्दा धेरै भत्ता थाप्छन् सांसदहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
तलब भन्दा धेरै भत्ता थाप्छन् सांसदहरु

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ। संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनसार चाल आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरूको खातामा ३५ करोड ४६ लाख १७ हजार ८ सय २३ रुपैयाँ पुगेको छ जुन सांसदले एक वर्षमा पाएको तलबभन्दा धेरै हो।

यो हिसाबअनुसार औसतमा एकजना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८ सय ८१ रुपैयाँ भत्ता बुझ्छन्। जबकि उनीहरूको वर्षदिनको औसत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ। यो हिसाबले सांसदले एक महिनामै औसत ९६ हजार ५ सय ७३ रुपैयाँ भत्ता बुझ्छ न्। सांसदले सबैभन्दा धेरै रकम घर भाडाका लागि बुझेको तथ्यांकमा छ।

एक वर्षको घर भाडाका लागि मात्रै १९ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने विविध खर्च शीर्षकमा ३ करोड रुपैयाँ उपलब्ध गराइएको जानकारी सचिवालय स्रोतले दिएको छ तर त्यो विविध उर्चअन्तर्गत कस्ता कस्ता खर्च पछन् भनेर सचिवालयले खुलाएको छैन । संघीय संसद्का ३ सय ३१ सांसदमध्ये मन्त्रिपरिषदका २५ सदस्यबाहेक अरू ३ सय ६ जनाले संसद् सचिवालयबाट तलब र भत्ता बुझ्छन् । प्रधानमन्त्री र मन्त्रीले भने प्रधानमन्त्री कार्यालयबाट तलबभत्ता लगायतका सुविधा बुझछन्।

निर्वाचन क्षेत्रमा आउजाउमै डेढ करोड

आफ्नो निर्वाचन क्षेत्रको अनुगमनका लागि यातायात सुविधा लिएवापत सांसदहरूले एक वर्षमा झन्डै डेढ करोड रुपैयाँ खर्च गरेका छन् । सचिवालयले उनीहरूलाई सुविधा हुने ठाउँमा हवाईजहाज भाडा र नभएका ठाउँमा बसको भाडा दिन्छ। सचिवालयले संसदको प्रत्येक अधिवेशन सुरु र अन्त्य हुँदा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउको यातायात खर्चसमेत दिने गरेको छ। गत आर्थिक वर्षका दुइटा अधिवेशनमा सांसदले त्यसरी जिल्लामा आउजाउ गरेवापत सचिवालयबाट त्यस्तो सुविधा लिएका छन् ।

विदेश गएको ४७ लाख, विदेश गएको ४७ लाख, स्वास्थ्य जाँचको १५ लाख र औषधि किनेको २० लाख लगायतको उपशिर्षकमा यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस