काठमाडौं । सरकारले सार्वजनिक स्थानमा सेवा प्रदायक कम्पनीले दिने निःशुल्क वाईफाई हटस्पट सेवालाई पनि अनुमति लिएर मात्रै दिनुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक स्थानको वाईफाईमा सुरक्षा खतराको घन्टी झुन्डिएको भन्दै सरकारले यसबाट हुने दुरुपयोग रोक्न र सुरक्षा सुदृढ बनाउन ‘वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली २०७५’, जारी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक साता अगाडि मात्रै सार्वजनिक गरेको यस्तो नियमावलीले सार्वजनिक स्थनमा प्रयोग हुने वाईफाई हट स्पटलाई नियमन गर्ने छ । वाईफाई हटस्पटको बृहत्तर प्रयोग बढाउन र यसको सुरक्षा संवेदशीलतालाई पनि नियन्त्रणमा राख्न यो निमावली सार्वजनिक गरेको प्राधिकरणले जानकारी दिएको छ ।
नियमावलीले सार्वजनिक स्थानमा वाईफाईको प्रयोग गरेर हुनसक्ने कुनै पनि प्रकारको दुरुपयोग रोक्ने उल्लेख छ । निःशुल्क वा सार्वजनिक स्थानमा सेवा प्रदायकले दिएको यस्तो वाईफाईको प्रयोगले सुरक्षा खतरा पनि निम्त्याउने भएकोले यसको दुरुपयोग रोक्न र सुरक्षालाई सुदृढ बनाउन आवश्यक देखिएकोले प्राधिकरणको भनाइ छ ।
सरकारले कुनै पनि सेवापद्रायकलाई यही विनियमावली अनुसार कार्य गर्न र गराउन दूरसञ्चार प्राधिकरणमार्फत निर्देशन पनि दिएको छ । सरकारले दूरसञ्चार ऐन २०५३ को दफा ५२ ले दिएको अधिकार प्रयोग गरी यो नियमावली सार्वजनिक गरी लागू गरेको पनि उल्लेख छ ।
यस्तो नियमावली अनुसार हरेक ग्राहसँग सम्झौता गरेर मात्रै यस्तो वाईफाई दिनुपर्ने छ । सम्झौता भन्नाले वाईफाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवाका ग्राहकसँग इन्टरनेट सेवा प्रदायकले यो विनिमावलीका शर्तहरू पालना गर्ने गरी सम्झौता गर्नु पर्नेछ । वाईफाई प्रयोग गर्दा कम्पनीले तोकिएको सर्त पालना गर्नु नै ग्राहको निम्ति एक प्रकारको सम्झौता हो ।
यसमा ग्राहकको सम्पूर्ण विवरण सेवाप्रदक कम्पनीले सुरक्षित राख्ने पनि उल्लेख छ । सुरक्षित केपटिभ वेभ पोर्टल निर्माण गरी वाईफाई प्रयोग गर्न चाहने प्रयोगकर्ताको नाम र मोवाईल फोन नम्बर वा नागरिकता नम्बर वा अन्य परिचयपत्रबाट पहिचान खुल्ने विवरणहरू अनिवाई भर्न पर्ने छ ।
एकपटक राखिएको यस्तो हटस्पट पासपोर्ट एक पटककोलागि मात्रै हुनुपर्ने छ । यस्तो सेवा निश्चित अवधिका लागि हुने र अवधि सकिएपछि आफैं डिस्कनेट हुनेपनि उल्लेख छ । सेवा प्रदायकले ग्राहलाई तोकिएको सर्त र सीमाभित्रको सबै नियम लागू गराउने छ । यसको लागि आवश्यक निर्देशनसहितको नियमावली तयार भएर लागू भइसकेको छ ।
यस्तो छ, वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली २०७५
प्रतिक्रिया दिनुहोस