aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घरको छतमा जुवातास खलिरहेका सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ साउन २०८०
घरको छतमा जुवातास खलिरहेका सात जना पक्राउ

काठमाडौं । जुवातास खलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका ६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस