aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आजको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
आजको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

 हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक(दुई स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ।  

बिहीबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस