काठमाडौं । चन्द्रागिरी नगरपालिकामा अटिजम, बौद्धिक अपाङगता केयर सेन्टर सञ्चालन भएको छ । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालिन केयर सेन्टर चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ मा सुरु भएको हो ।
महिलाहरुले सञ्चालन गरेको सेन्टरमा नगरपालिकाकी नगर उपप्रमुख बसन्ती श्रेष्ठले सेन्टर सञ्चालन हुनुले समाजिक रुपान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उपमेयर श्रेष्ठले सामाजिक विकासमा बालबालिकाको दैनिकी परिवर्तन गर्न केयर सेन्टर स्थापनाले सहयोग पुग्ने बताईन् ।
आफुले सरकारी नीति नियम तथा भएका कानूनहरुलाई आवश्यक रुपमा कार्यान्वयन गरी अटिजम भएका बालबालिका तथा तीनका परिवारको सहज जीउने आधार तथा गर्न आफु लागी पर्ने प्रतिवद्धता व्यक्त गरिन् । बालबालिकालाई दिनभरी घरमै अभिभावकले हेरचाह गर्नुपर्दा आर्थिक उपाजनमा समेत प्रभाव परेको भन्दै यस्ता सेन्टरले बालबालिकाको हेरचाह गर्ने भएकाले घरका अन्य सदस्य रोजगारी तथा उद्यमशिलतामा लाग्न थप सहयोग पुग्ने उपमेयर श्रेष्ठले बताईन् ।
कार्यक्रममा चन्द्रागिरी नगपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर भुवाजीले अटिजम, बौद्धिक अपाङगता भएका बालबालिकालाई पहिचान गरी उनीहरुको जीवन परिवर्तनका लागि ग्रामीण स्तरबाटै सचेतना जागरण गरी शिक्षा र सिपको प्रक्रियामा सहभागी बनाउन सबैलाई आग्रह गरे ।
कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा लोकप्रिय इन्द्रेणी कार्यक्रमका सञ्चालक एवम् समाजसेवी कृष्ण कंडेलले बालबालिकाको शिक्षाका लागि सरकारी स्तरबाटै अटिजम केयर सेन्टरहरुको व्यवस्थापन गरी बालबालबालिकाको हेरचाह गर्ने अभियान देशैभरी बनाउनुुपर्ने बताउन सरोकारवाला निकाय लाग्नुपर्ने बताए । उनले निजी क्षेत्र र महिलाहरुले थालेको अभियानलाई सबै तिरबाट सघाउन समेत सरोकारवाला निकायलाई आग्रह गरे ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष न्हुुच्छेबहादुर मर्हजनले अटिजम भएका बलबालिकाको शिक्षा र प्राविधिक सिपका लागि आफ्नो तर्फबाट स्थानीय तहमा आवश्यक नीति तर्जुमा गरी शिक्षण सिकाई क्रियाकलापमा सहभागी बनाउने कार्यमा लाग्ने प्रतिवद्धा व्यक्त गरे ।
चन्द्रागिरी नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख तथा सूचना अघिकारी रक्ष्मी श्रेष्ठले नगरपालिकामा ६० भन्दा बढि बालबालिकामा अटिजमको अवस्था रहेपनि उचित केयर सेन्टरको व्यवस्थापन नभएका कारण अभिभावनहरु घरमै हेर्न बाध्य भएको बताए । उनले आगामी दिनहरुमा सरकारी स्तरबाट यस सम्बन्धमा केही प्रयासहरु हुन थालेको भन्दै यसलाई अझै शंशक्त बनाउँदै लैजानुपर्ने बताए । अझै पनि यस्ता बाललालिकाहरु सामाजिक सुरक्षामा समेत जोडिन नसक्ने प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव गिरीले घर परिवारमा एक जना बच्चामा अटिजम हुदाँ सिंगो परिवारनै अव्यवस्थित बन्न सक्ने हुदाँ समयमै उनीहरुलाई व्यवहारिक सिप र सिकाईमा परिणत गर्न त्यतिकै महत्वपूर्ण हुने बताए । सदस्य गिरीले बालबालिकाको हेरचाह गर्नुपर्दा अभिभावकले समेत रोजगारी गुमाएर बस्नुपर्दाको जटिल समस्या अवगत गराउँदै यस्ता नगरपालिकामा पहिलो पटक सञ्चालित यस अटिजम सेन्टरको लाभ सबै अभिावकहरुले लिई दिउसोको फुर्सद समयमा आर्यआर्जन गर्नमा लाग्नु पर्ने सुझाव दिए ।
गिरीले अभिभावक, समाज, सरोरकारवाला निकाय तथा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले चन्द्रागिरी नगरपालिकाको विधायन समितिबाटै यस आर्थिक वर्षको नीति तथा कार्यक्रममै अटिजम, बौद्धिक अपांगता भएका बालबालिकाको हेरचाहका लागि आवश्यक पहल गर्ने नीतिगत व्यवस्थाको सुरुवात गरिएको बताए ।
महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष तथा अभिभावक गिता कुमारी घिमिरेले आफुलाई परेको समस्या अन्य अभिभावकलाई समेत नहोस भनेर स्थनानीय स्तरमै केयर सेन्टर सञ्चालन गरिएको बताईन् । समूहमा आवद्ध महिलाहरुको लागानीमा सेन्टर सञ्चालन गरिएको बताइन् ।
कार्यक्रममा आफ्नो जन्मदिनको अवसरमा युवा समाजसेवी एवम् भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधारा सञ्चालक तथा देवदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले अटिजम केयर सेन्टर सञ्चालनको लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै कृष्ण कंडेल इन्द्रेणी फाण्डेशनका अध्यक्ष तथा इन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कंडेलले सेन्टरका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । समावसेवी गणेश गिरीले अटिजम, बौद्धिक अपांगता केयर सेन्टरका लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस