aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

२० लाख मूल्यसम्मका तस्बिरसहित पाँच देशका चित्रकारहरूको कला प्रदर्शनीमा

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • विहीबार, २५ साउन २०८०
२० लाख मूल्यसम्मका तस्बिरसहित पाँच देशका चित्रकारहरूको कला प्रदर्शनीमा

काठमाडौं । सञ्जीव शाक्य २५ वर्षदेखि चित्रकारिता गर्दै आएका छन् । धातुमा चित्र कुद्ने (मेटल इम्बोष्ट)को काम पनि गर्छन्, उनी। उनले बनाएको कला ताइवान, चीन लगायत देशहरूमा मुलुकहरूमा निर्यात हुँदै आएको उनी बताउँछन्।

उनले बनाएका कलाकृतिको मूल्य पनि नेपाली र विदेशी  ग्राहकहरूलाई फरक फरक छ । बुधवारदेखि उनले बनाएका चित्रकला काठमाडौंको कमलपोखरी स्थित हुकुम दरबारमा प्रदर्शनीमा राखिएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा राखिएका उनका चित्रहरूको मूल्य पनि फरक फरक छ । पाँच हजार रुपयाँदेखी २० लाख रुपैयाँसम्मका चित्र त्यहाँ छन्  । शाक्यले कोरेको गणेशको चित्रको मूल्य १० लाख रुपैयाँ रहेको छ । तर, नेपालीलाई भने सस्तो मूल्यमा बेच्ने उनी बताउँछन् ।

उनीसँगै विभिन्न देशका चित्रकारहरूले कोरेका चित्र प्रदर्शनीमा छन्  । नेपाल बाहेक बंगालदेश, अर्जेन्टिना, पोर्चुगल, स्पेनका कलाकारको चित्र पनि त्यहाँ छन्।

उनलाई एउटा पेन्टिङ बनाउन झन्डै एक वर्ष लाग्छ । उनी भन्छन्, ‘ठ्याक्कै यति दिनमै सकिन्छ भन्ने छैन । मुड अनुसार हुन्छ । सामान्यतया एउटा चित्र पुरा गर्न एक वर्ष लाग्छ ।’

उनी अर्डरका काम गर्दैनन् । आफ्नो मुड अनुसार चित्र बनाउँछन् । ‘अर्डरको काम गर्नलाई फिलिङ नै आउँदैन । तयारी र सिर्जन अनुसार नै मन पराएर पारखीहरूले किन्नु हुन्छ’, उनी सुनाउँछन् ।

मानिसहरूले चिया पिएर फलेको चियाको सानो प्याकेज (टी ब्याग)मा कोरिएका सुन्दर चित्र पनि प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएको चित्रहरु २० लाख रुपैयाँ मूल्यसम्मका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस