aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भैरहवाको लागि उडेको बुद्ध एयरमा समस्या, पुनः काठमाडौं फर्काइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
भैरहवाको लागि उडेको बुद्ध एयरमा समस्या, पुनः काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको छ । बिहिबार दिउँसो काठमाडौंबाट भैरहवाका लागि उडेको उडान ८५७ मा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं नै फकाइएको हो । 

‘काठमाडौंबाट भैरहवा उडान ८५७ मा प्राविधिक समस्यादेखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएको छ । सो जहाज ९ एन–एएनपीलाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन्’, बुद्ध एयरले भनेको छ । 

उक्त जहाजका यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस