aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सुन प्रकरणमा राकेश अडुकियाका छोरा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ साउन २०८०
सुन प्रकरणमा राकेश अडुकियाका छोरा पक्राउ

काठमाडौं । सुन प्रकरणमा राकेश अडुकियाका छोरा पक्राउ परेका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका हुन् । 

नयाँ दिल्लीबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । सुन प्रकरणमा अडुकियाको घरमा यसअघि राजश्व अनुसन्धान  विभागले छापा समेत मारेको थियो । शुक्रबार नै थप दुई चिनियाँ नागरिक पक्राउ परेका  थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा उनीहरु पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए ।  

उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस