aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने एडिबीको प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने एडिबीको प्रक्षेपण

काठमाडौं । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले शुक्रबार सार्वजनिक गरेको नेपाल म्याक्रो इकोनोमिक अपडेट' अनुसार चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने अनुमान गरिएको हो । चालु बजेटमार्फत सरकारले साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो।

एडिबीले सार्वजनिक खर्चको सही परिचालन, संघीय इकाइहरूको खर्च सुधार तथा निजी क्षेत्रमा भएको लगानी विस्तारले अर्थतन्त्र अझै विस्तार हुन सक्ने बताएको छ। बाढीपहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको वृद्धिदर केही सुस्त हुने उसले जनाएको छ।

तर, उद्योग क्षेत्रमा हुने ७.९ प्रतिशत, बिजुली आपूर्तिमा हुने सुधारले पूर्वाधारमा फड्को मार्ने बैंकले अनुमान गरेको छ । बैंकले होलसेल तथा रिटेल, वित्तीय मध्यस्थता र पर्यटन क्षेत्रको वृद्धिदर पनि बढ्ने प्रक्षेपण गरेको छ। एडिबीले मूल्य वृद्धि ५.५ प्रतिशत पुग्ने बताएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस