कठमाडौं । नेपाली कांग्रेसमा सांसद तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा थुना मुक्त हुने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
शुक्रबार डण्डपाणि शर्माको एकल इजलासले उनलाई थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । उनलाई बिहिबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको थियो ।
शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा अन्य केही चिकित्सकहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस