aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यी स्थानमा पानी पर्ने भएकाले सावधानी रहन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
यी स्थानमा पानी पर्ने भएकाले सावधानी रहन आग्रह

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर(प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ ।कोशी, बामगती, गण्डकी, लुम्बिनी  प्रदेशका केही,  कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी , प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेश प्रदेशको एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

 राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको छ।साथै सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस