aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नवरात्रिमा गर्नै नहुने १० काम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
नवरात्रिमा गर्नै नहुने १० काम

काठमाडौं । दशैंको नवरात्रि शुरु भइसकेको छ । यस पटकको नवरात्रिमा विशेष संयोग परेको छ । यस्तो शुभ संयोग १५ वर्ष पछि परेको ज्योतिषहरुले बताएका छन् । नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ । 
दुर्गा सप्तशतिका अनुसार नवरात्रिमा यी १० काम भुलेर पनि गर्नु हुँदैन ।

१. नवरात्रिको सममया उपबास गर्नेहरुले दरी, कपाल वा जुङ्गा काट्नु हुँदैन ।
२. कलश स्थापना भएपछि घरको ढोका लगाएर खाली छोड्नु हुँदैन ।
३. ९ दिन सम्म सात्विक भोजन गर्नु पर्छ । नवरात्रिमा माछा मासु, लसुन प्याज सेवन गर्नु हुँदैन ।
४. उपबास गर्ने ब्यक्ति ब्रत बस्दा अन्नको सेवन गर्नु हुँदैन ।
५. विष्णु पुराणका अनुसार नवरात्रिको व्रतको समयमा दिउसोको समयमा सुत्नु हुँदैन ।

६. उपबास बस्दा मदिरा सेवन गर्नु बर्जित छ ।
७. ब्रतको समयमा चुरोट खैनी पनि सेवन गर्नु अशुभ मानिन्छ ।
८. व्रतको समयमा शारीरिक सम्बन्ध राख्दा ब्रतको फल प्राप्त नहुने धर्म शास्त्रमा उल्लेख छ ।
९. महिलाले माषिक धर्मको समयमा दुर्गा पुजा गर्नु हुँदैन ।
१०. माषिक धर्मको सात दिन सम्म दुर्गा पुजा वर्जित गरिएको छ । यो समयमा उपबास पनि बस्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस