काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लामासहित ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुर प्रहरीले विभिन्न मागहरु राख्दै तालाबन्दी गर्न खोजेपछि व्यवसायीलाई पक्राउ गरेको हो । सिँचाइ विभाग जावलाखेलबाट नेपाल निर्माण व्यवसायी महासंघका महासचिवसहितका व्यवसायी पक्राउ परेका हुन्।
प्रहरीले निर्माण व्यवसायी महासंघका उपाध्यक्ष आङ दोर्जे लामासहित ५० जना भन्दा बढी निर्माण व्यवसायीलाई पक्राउ गरेको हो । उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।
निर्माण भुक्तानी नपाएको लगायतको विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलित बनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले घोषित तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस