काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीसहित दुई जनालाई घुससहित नियन्त्रणमा लिएको छ । चौधरी र उनको साथी गुरुदेव यादवलाई एक लाख ७५ हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
चौधरीले वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना आयोगमा परेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिगएको टोलीले उनीहरू दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले सेवाग्राहीबाट एक एक लाख रुपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको र एक लाख पचहत्तर हजार रुपैयाँको चेक लिएका थिए । सोही क्रममा शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट आइतबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहाल जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस