aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मलाई सडक डिभिजनले घर न घाटको बनायो : युवा व्यवसायी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
मलाई सडक डिभिजनले घर न घाटको बनायो : युवा व्यवसायी

बैतडी । छ वर्ष विदेशमा दुःख गरेर स्वदेश फर्किएका बैतडीका एक युवाले स्वदेशमै काम गर्न खोज्दा नियम प्रक्रियाले छेकेपछि लगानी डुबेको भन्दै पूर्वरोमा हात राखेर निराश बनेका छन् ।

पाटन नगरपालिका , खोडपका युवा भानु विष्टले सुदूरपश्चिमका चार पहाडी जिल्ला बैतडी, डडेल्धुरा, बझाङ र दार्दुला जिल्ला जोड्ने मुख्य नाका खोइपमा पेट्रोलपम्य सञ्चालन गर्न एक वर्ष अघि विदेशबाट कमाएको पैसा लगानी गरे।

निर्माण कार्य सकिनै लाग्दा गतवर्ष पट्रोल पम्पमा पहिरो गयो। भएको लगानी पहिरोमा डुबेपछि बैङ्कबाट करिब दुई करोड ऋण निकालेर पुनः पेट्रोल पम्म निर्माण गरे । एक वर्ष लगाएर यही साउनमा निर्माण कार्य सकर पेट्रोल पम्पमा तेल झार्न क्षेत्रीय सडक डिभिजन कार्यलय सुर्खेतले अनुमति दिएन ।

विष्टले भने ‘स्वदेशमै कही गरौं भन्ने उद्देश्यले उद्यम गर्न खोजेको हामुदरपश्चिमका चारवटा पहाडी जिल्ला जोड्ने मुख्य नाका बारेमा पेट्रोल पम्प थिएन ।’ तेलका लागि डडेल्धुरा सदरमुकाम जानुपर्ने बाध्यता छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस