aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उत्तरी यमनमा चट्याङ लागेर ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
उत्तरी यमनमा चट्याङ लागेर ४ जनाको मृत्यु

साना ।  यमनको उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै दुर्घटनामा चट्याङ लागेर चार जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्।   दुर्घटनाहरू शनिबार साँझ होदेइदाह, रायमाह र अल-बायदा प्रान्तहरूमा भएका थिए। मृत्यु हुनेमा होडेडाहमा दुई, रायमाहमा एक र अल(बैदामा एक बच्चा थिए।

 त्यस्तै राईमा चट्याङ लागेर अन्य चार जना घाइते भएका छन् । चट्याङ, वर्षा र आँधीबेहरीले उत्तरी यमनमा केही हप्तादेखि  दुःख दिइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले धेरै प्रान्तहरूमा चट्याङको खतराको चेतावनी जारी गरेको छ । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस