aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ साउन २०८०
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस