aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशतले घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३७ दशमलव ५४ प्रतिशत कम खुद नाफा गरेको हो । 

सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ३५ दशमलव ६५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ९५ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । कुल सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २८ दशमलव ६१ प्रतिशत कम १ अर्बृ ७८ करोड रूपैयाँभन्दा बढी भएको छ । 

६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३० दशमलव ३८ प्रतिशत कम ९२ करोड ३३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २७ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस