aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रिजाल भ्रष्टाचारमा दोषी ठहर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
रिजाल भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं ।  विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो ।
      
अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख बिगो र सोहीअनुरुप जरिवाना हुने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस