aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ ।  चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनले भने, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ ।”

प्रतिक्रिया दिनुहोस