aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सार्वजनिक स्थलमा जुवातास खेलिरहेका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
सार्वजनिक स्थलमा जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका ३ देवढोकास्थित सार्वजनिक स्थल पाटिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस