aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ब्रिटिस कलेजले ‘चौथो ब्रिटिसकप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टका गर्दै’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
ब्रिटिस कलेजले ‘चौथो ब्रिटिसकप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टका गर्दै’

काठमाडौं ।  द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल  टुर्नामेन्टको’को आयोजना गर्ने भएको छ ।यहि अगष्ट १७ र १८ तारिखको दिन बालुवाटार स्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको आयोजकले जनाएको छ ।  

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरुले सहभागिता जनाउने भएका कलेजले जानकारी दिएको छ । यस पटक किङ्ग्स कलेज, थेम्स कलेज,एस विजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स,आईआईएमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आर्ईएस्एम्टी,सिल्भर माउण्टेन, प्राइम्,एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथाआयोजक ब्रिटिस कलेजलेप्रतियोगितामा सहभागिताजनाउनेछन्।

प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत अवार्ड तर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोल किपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

कलेजले प्रतियोगितालाई सभ्य र भव्य बनाउनको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरेको छ । यस पटकको शीर्ष प्रायोजक ग्रेश इन्टरनेशनल कन्सलटेन्सी रहेको छ । त्यस्तै, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्श पार्टनरमा अरज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्रीभिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुडप्रोडक्ट रहेका छन् । मेमो गार्डन, रेडमुन, आँखी झ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस