काठमाडौं । विश्वमा सबैभन्दा धेरै जनसंख्यामा मधुमेह हुने देशमा पाकिस्तान रहेको तथ्यांक सार्वजनिक भएको छ । पाकिस्तानमा कुल जनसंख्याको ३०.८ प्रतिशत जनतामा मधुमेह रोग लागेका मानिसहरु रहेका छन् । दोस्रो नम्बरमा कुवेत २४.९ प्रतिशत,तेस्रो नम्बरमा इजिप्ट २०.९ प्रतिशत, चौथो नम्बरमा कतार १९.५ प्रतिशतमा देखिएको तथ्या विश्व तथ्यांकले सार्वजनिक गरेको छ ।
त्यस्तै, मलेसिया १९ प्रतिशत, साउदी अरेविया १८.७ प्रतिशत, म्याक्सिको १६.९ प्रतिशत, टर्की १४.५ प्रतिशत जनतामा मधुमेह रोग लागेका मानिस रहेका तथ्यांकमा उल्लेख छ । त्यस्तै, बंगलादेश १४.२ प्रतिशत, श्रीलंका ११.३ प्रतिशत, सायथ अफ्रिका १०.८ प्रतिशत, इराक १०.७ प्रतिशत, अमेरिका १०.७ प्रतिशत, इन्डिोनएसिया १०.६ प्रतिशत, चीन १०.६ प्रतिशत, स्पेन १०.३ प्रतिशतमा मधुमेश सुगर रोग रहेको छ ।
त्यस्तै, थाइल्याण्ड ९.७प्रतिशत, भारत ९.६प्रतिशत, इरान ९.१ प्रतिशत, पोर्चुगल ९.१प्रतिशत, ब्राजिल ८.८ प्रतिशत, नेपाल ८.७ प्रतिशत, उत्तर कोरिया ७.७ प्रतिशत, क्यानडा ७.७ प्रतिशत, फिलिपिन्स ७.१ प्रतिशत, दक्षिण कोरिया ६.८ प्रतिशतमा चीनी रोग लागेको छ ।
त्यस्तै, जापान ६.६ प्रतिशत, अस्टे«लिया ६.४ प्रतिशत, इटाली ६.४ प्रतिशत, बेलायत ६.३ प्रतिशत, न्यूजिल्याण्ड ६.२ प्रतिशत, भेतनाम ६.१ प्रतिशत, रसिया ५.६ प्रतिशत, अर्जेन्टिना ५.४ प्रतिशत, फ्रान्स ५.४ प्रतिशत, इथोपिया ५ प्रतिशत, केन्या ४ प्रतिशत र नाइजेरिया ३.६ प्रतिशतमा मधुमेह रोग लागेको तथ्यांकमा देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस