aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मौसम पूर्वानुमान : फेरि न्युनचापीय रेखा नेपाल नजिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ साउन २०८०
मौसम पूर्वानुमान : फेरि न्युनचापीय रेखा नेपाल नजिक

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ। न्यून चापीय रेखा नेपाल तर्फ रहेकाले पुन नेपालमा धेरै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ। देशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षा भइरहेको छ। 

बिहिबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू(भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ 

प्रतिक्रिया दिनुहोस