aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्रोत अभावले सबैलाई चित्तबुझ्दो बजेट ल्याउन सकिएनः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ साउन २०८०
स्रोत अभावले सबैलाई चित्तबुझ्दो बजेट ल्याउन सकिएनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले स्रोत अभावले सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन नसकेको बताएका छन् । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको बताएका हुन् ।

उनले भने, ‘आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो ।’  

तयस्तै, उनले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताए । जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने उनको धारणा छ । 

प्रतिक्रिया दिनुहोस