aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिद्धार्थ क्यापिटल अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
सिद्धार्थ क्यापिटल अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफल घोषणा गरेका छन् । क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

यी दुई योजनाको प्रतिफल कर समेत हुने जानकारी योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले दिएको छ । साउन ३२ गतेकै बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाईधनीहरूलाई भने प्रतिफल वितरण नगर्ने निर्णय समेत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस