aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तारागाउँ रिजेन्सी होटल्सले बढायो शतप्रतिशतभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
तारागाउँ रिजेन्सी होटल्सले बढायो शतप्रतिशतभन्दा बढी नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ३८ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म १९ करोड ५ लाख रूपैयाँभन्दान बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने करिब १०१ प्रतिशत खुद नाफा बढाएको हो ।

गत वर्ष होटल्सको सञ्चालन आम्दानी ९९ दशमलव ७१ प्रतिशत बढी भएको छ भने कुल आम्दानी करिब ८५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ६९ करोड २६ लाख रूपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको होटल्सले गत वर्ष भने १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।

कुल आम्दानी भने अघिल्लो वर्ष ८४ करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी भएको छ । हाल होटल्सको चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रूपैयाँ छ । जगेडा कोष रकम भने साढे ५१ प्रतिशतले बढेर ६५ करोड ७७ लाख ३४ हजार रूपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २० रूपैयाँ २८ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १३४ रूपैयाँ ८६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस