aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकाबाट चीनको पोल्टामा पुगेको साउदी अरबले गर्‍यो १.३३ अर्ब डलरको पूर्वाधार निर्माण सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
अमेरिकाबाट चीनको पोल्टामा पुगेको साउदी अरबले गर्‍यो १.३३ अर्ब डलरको पूर्वाधार निर्माण सम्झौता

एजेन्सी। साउदी अरब र चीनका प्रतिनिधिहरूले बुधबार बेइजिङमा आयोजना गरेको साउदी-चिनियाँ व्यापार मञ्चको साईडलाइनमा १ अर्ब ३३ करोड अमेरिकी डलर बराबरका विभिन्न आवास तथा पूर्वाधार निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन्।

" साउदी पक्ष र चिनियाँ कम्पनीहरू बीच पूर्वाधार र वित्तीय क्षेत्रमा १२ वटा सम्झौता र समझदारीमा हस्ताक्षर गरियो" साउदी नगरपालिका र ग्रामीण मामिला तथा आवास मन्त्री माजिद अल-होगेलले ट्वीटमा भनेका छन् । बुधवारको फोरमको अध्यक्षता अल-होगेलले गरेका थिए ।

यद्यपि सो काममा संलग्न हुने कम्पनीहरूको नाम सार्वजनिक गरिएको छैन साउदी सरकारको एक प्रेस विज्ञप्तिले खुलासा गरेको छ कि होगेलले "साउदी अरेबियामा निर्माण र हरित आवास प्रविधि" मा छलफल गर्न चिनियाँ सरकारी स्वामित्वको लगानी समूह सीआईटिआईसीका प्रतिनिधिहरूसँग भेटेका छन्।

"यी साझेदारीहरूले प्रमुख क्षेत्रहरूमा ठूलो प्रगति हुने अपेक्षा गरिएको छ । यसमा पाँच वटा रियल इस्टेट विकासमा केन्द्रित रहेर साउदी अरब र चीनको हितका लागि काम गरिने छ ।" राज्य-सञ्चालित साउदी प्रेस एजेन्सी (एसपीए) ले बिहीबार उल्लेख गरेको छ।

फोरममा आफ्नो भाषणको क्रममा होगेलले रियाद "चीनसँगको साझेदारी बढाउनको लागि समर्पित रहेको" कुरामा जोड दिए । उनले डिसेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणको क्रममा धेरै उपलब्धिहरू हुने विश्वास गरे ।

"१५ करोड वर्ग मिटरभन्दा बढी क्षेत्रफल ओगटेका १७ साउदी सहरहरूमा तीन लाख भन्दा बढी आवासीय एकाइहरू निर्माण गर्न र २६.६६ अर्ब डलर भन्दा बढीको लगानीका महत्त्वपूर्ण अवसरहरू छन्," होगेलले जोड दिए। साउदी अरेबियाले विगत केही वर्षहरूमा चीनसँगको आर्थिक सहयोगलाई उल्लेखनीय रूपमा बढाएको छ किनभने यो मुलुक अहिले वाशिंगटनको प्रभावको क्षेत्रबाट टाढा रहने क्रममा छ।

जुन महिनामा रियादमा भएको १० औँ अरब चीन व्यापार सम्मेलनमा साउदी अरबको लगानी मन्त्रालयले चिनियाँ कम्पनीहरूसँग १० अर्ब डलरको लगानी सम्झौतामा हस्ताक्षर गरेको थियो । साउदी विदेश मन्त्री फैसल बिन फरहानले सम्मेलनको क्रममा भनेका थिए कि चीन अरब राष्ट्रहरूको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ र सन् २०२२ मा व्यापार विनिमयको आकार ४३० अर्ब डलर पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढी हो ।

यसबाहेक, साउदी आरामकोले गत महिना चिनियाँ पेट्रोकेमिकल फर्म रोङसेङ पेट्रोकेमिकल कम्पनी लिमिटेडको ३.४ बिलियन डलरको शेयर खरिद गरेको थियो। दुवै देशले एक अर्काको स्टक एक्सचेन्जमा एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) लाई सूचीबद्ध गर्न अनुमति दिन पनि वार्ता गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस