aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढ्यो, भित्रियो १२ खर्ब २० अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढ्यो, भित्रियो १२ खर्ब २० अर्ब

काठमाडौं । विप्रषण (रेमिट्यान्स) आप्रवाह २१.२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।  

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।  

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो । 

गत वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो । 
 

प्रतिक्रिया दिनुहोस