aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते  दिनको १ बजे  प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।  

मुख्यमन्त्री थापाले आज दिउँसो  प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावसम्बन्धी सूचनापत्र दर्ता गराएका थिए ।     

प्रतिक्रिया दिनुहोस