aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मनसुनको न्यून चापीय रेखा सर्यो, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ भदौ २०८०
मनसुनको न्यून चापीय रेखा सर्यो, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर  र पुर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। भारतको ओडिसा र आसपासमा न्यून चापिय क्षेत्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल  मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।  

शनिबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी , बागमती र गण्डकी  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।  कोशी,गण्डकी र सुदुरपश्चिम  प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार  दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस