aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ भदौ २०८०
भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड शय्या निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । 

अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले  क्रिटिकल केयर आइसियु, सिसियु, पिआइसियु, एनआइसियु, पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए ।    

अस्पतालमा हाल छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि बहिरङ्ग सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।   

प्रतिक्रिया दिनुहोस