aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघातबाट निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ भदौ २०८०
सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघातबाट निधन

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको आज दिउँसो निधन भएको छ । बाराको गढीमाईसम्म आज बिहान साइक्लिङ गरेर फर्किएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातबाट निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

साइक्लिङबाट फर्किएपछि उनी गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस हुनुभएको थियो । बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएकामा अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रजिअ रेग्मीले बताए ।

उनको आजै शव परीक्षण गराई हेलिकोप्टरबाट शव काठमाडौँ पठाउने तयारी भएको प्रजिअ रेग्मीले बताए । नुवाकोट स्थायी घर भएका थपलियाको परिवारजन काठमाडौँमा बस्दै आएको छ । उहाँ सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरको प्रमुखको जिम्मेवारीमा आएका थिए ।   

प्रतिक्रिया दिनुहोस