aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चितवन मेडिकल कलेजलाई अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
चितवन मेडिकल कलेजलाई  अल्टिमेटम

चितवन । चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन् । 

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।

रकम फिर्ताका लागि  असोज १० गते सम्म फिर्ता रकम सम्बन्धि प्रतिवेदन तयार पार्ने र बढी लिएको रकमको भरपाई दिने सहमति भएको थियो । तर तोकिएको म्याद सकिएपनि ती दुबै कुरा गर्न कलेज प्रशासन तयार नभएपछि विद्यार्थी र अभिभावक पुनः आन्दोलित भएका हुन् । 

यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहित बसेको सर्वपक्षीय बैठकले  १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न  पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस