aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पहेँलो धातु दुई केजीसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ भदौ २०८०
पहेँलो धातु दुई केजीसहित दुई जना पक्राउ

रसुवा । गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहेँलो धातु करिब २ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ पोखरी बस्ने २४ वर्षीय सुदिप शेर्पा र सोही गाउँपालिका १ घर भएका ३० वर्षीय फुस्याङबु शेर्पा रहेका छन् ।

प्रहरी चौकी स्याफ्रूवेशीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेका पैदलयात्री सुदिपलाई बिस्कुट आकारको २ थानमा लुकाई छिपाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि सोही गाउँपालिका २ टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस