aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

रोकिएन टिपर आतंक, ठक्करबाट बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
रोकिएन टिपर आतंक, ठक्करबाट बालकको मृत्यु

मोरङ्ग । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बिराटचौकमा ९  महिना अघि पनि  टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयले आधा दर्जन बढी टिपर जलाउनुका साथै सोही सडकमा टिपर आवातजावतमा रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस