aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सल्यानमा सवारी दुर्घटनामा दुईको मृत्यु, १३ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ भदौ २०८०
सल्यानमा सवारी दुर्घटनामा दुईको मृत्यु, १३ जना घाइते

तुलसीपुर । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । 

दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । 

लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो । 

प्रतिक्रिया दिनुहोस