दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आज मङ्गलवार अर्थात् अगस्ट २२ देखी २४ सम्म चल्ने ब्रिक्सको शिखर सम्मेलनले विश्व राजनीतिमा नयाँ काउन्टर ब्यालेन्सिङ शक्ति निर्माण गर्ने अपेक्षा गरिएको छ। धेरै पश्चिमी नेताहरूमा यसले ठूलो त्रास पैदा गरेको छ ।
यस्तो किन भइरहेको छ भने गएको वर्ष परिस्थितिहरूमा आएको ठूलो परिवर्तनले ब्रिक्समा झन्डै दुई दर्जन नयाँ सदस्यहरू थपिने देखिएको छ । र, 'डि-डलराइजेसन' एजेन्डासहितको 'ब्रिक्स+' को लागि भएका वार्ताले यस नेटवर्कको प्रोफाइललाई अभूतपूर्व स्तरमा नयाँ उचाइमा पुर्याएको छ।
ब्रिक्स+ (प्लस) को उदय
दक्षिण अफ्रिकाका विदेश मन्त्री नालेदी पान्डोरले अगस्टको सुरुमा ब्रिक्समा सामेल हुने पहिलो चरणका मुलुकहरूको पूर्ण सूचीका रुपमा अल्जेरिया, अर्जेन्टिना, बङ्गलादेश, बहराइन, बेलारुस, बोलिभिया, क्युबा, इजिप्ट, इथियोपिया, होन्डुरस, इन्डोनेसिया, इरान, काजकिस्तान, कुवेत, मोरक्को, नाइजेरिया, प्यालेस्टाइन राज्य, साउदी अरब, सेनेगल, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, भेनेजुएला र भियतनामको नाम सार्वजनिक गरेका छन् । नयाँ ब्रिक्स+ ले आकार लिन थालेपछि त्यसमा सहभागी बन्ने नयाँ मुलुकहरूले चरम कार्बन उत्कर्सन रोक्ने विषयलाई महत्वमा राखेका छन् ।
त्यसबाहेक, अमेरिकी अर्थमन्त्री जेनेट येलेनले रुसका विरुद्ध मार्च २०२२ मा गरेको आर्थिक-दण्डको परिणाम नै यति धेरै राष्ट्रहरू ब्रिक्स+ मा समावेश उम्मेदवारहरू अब भविष्यमा डि-डलराइज्ड ब्लकमा सामेल हुन चाहने प्रमुख कारण हो। तिनीहरू सबैले अमेरिकासँगको राजनीतिक सम्बन्धको अस्थिरता र उतारचढावलाई हेरिरहेका छन् ।
अमेरिकी चुनाव र ब्रिक्स+ को बुनोट
सन् २०२५ को सुरुमा नै फेरी ट्रम्प सत्तामा फर्कने सम्भावना छ। तर , रुस विरुद्ध गरिएको आर्थिक प्रतिबन्धको कारण अब बाह्य विश्वमा शासन गर्न अमेरिकालाई निकै जटिल बन्दै गएको छ।
सन् २०२० मा अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनको मुख्य विदेश नीति लक्ष्यहरू मध्ये एकको रूपमा साउदी अरेबियाले सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या गरेपछि साउदी अरेबियालाई दिएको दबाबको प्रचारप्रसार समेत थियो। त्यस लगत्तै बाइडेनले यमनमा साउदी युद्ध बन्द गर्नुपर्ने घोषणा गरे, तर एक वर्ष भित्रै शान्त भए । ऊर्जाको मूल्य बढ्दै गएपछि बाइडेन यू-टर्न भए र व्यक्तिगत रूपमा क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई तेल उत्पादन बढाउन बिन्ती गर्न भेटे। यसरी मूल्य घटाउन गरिएको आग्रहलाई साउदी नेताले अस्वीकार गरे।
वास्तवमा सन् २०२३को प्रारम्भमा वाशिंगटनलाई स्पष्ट रुपमा अनादर गर्दै रियादले चीनको मध्यस्थतामा इरानसँग प्रारम्भिक शान्ति सम्झौता मात्र गरेन कि डलरको प्रभुत्वलाई कमजोर पार्न 'पेट्रो-युआन' व्यापार प्रणाली सुरु गर्यो। अगस्टको सुरुमा वाशिंगटनले बढ्दो डि-डलराइजेशनलाई एउटा प्याकेजको माध्यमबाट उल्टाउने प्रयास गर्यो । स्थिति पनि समावेश थियो - सन् २०२० मा युएई जस्तै इजरायली-साउदी सम्बन्धलाई 'सामान्य बनाउने' गरी ट्रम्पको पालामा भएको 'अब्राहम एकर्ड' लाई जीवन्त बनाउने यो प्रयासलाई साउदी नेताले रोके।
तर, रुस-युक्रेन युद्धको मामिलामा भने यी सबै देशहरू एक ठाउँमा छैनन् । जम्मा २८ ब्रिक्स+ देशहरू मध्ये एउटा क्याम्पमा ब्राजिल बाहेक १४ देशहरू अर्जेन्टिना, बहराइन, बङ्गलादेश, इजिप्ट, होन्डुरस, इन्डोनेसिया, कुवेत, मोरक्को, नाइजेरिया, प्यालेस्टाइन, साउदी अरेबिया, सेनेगल, थाइल्यान्ड र युएई छन् । जो रुसले युक्रेन माथिको आक्रमण रोक्नुपर्छ भन्ने पक्षमा थिए ।
यसको विपरीत १३ ब्रिक्स र ब्रिक्स+ सरकारहरू छन् जुन या त फेब्रुअरी २०२३ को प्रस्तावको विरुद्धमा थिए वा त्यसबाट अलग थिए । त्यसमा अल्जेरिया, बेलारुस, बोलिभिया, चीन, क्युबा, इथियोपिया, भारत, इरान, काजकिस्तान, रुस, दक्षिण अफ्रिका, भेनेजुएला र भियतनाम रहेका छन् ।
यी देशहरूमा निर्विवाद रुपमा लोकतान्त्रिक मानिने अर्जेन्टिना, बोलिभिया र होन्डुरस मात्र छन् । जसमा ब्रिक्सका ब्राजिल र दक्षिण अफ्रिकामा सामेल छन्। अन्य मुलुकहरू जस्तै बोलिभिया, क्युबा, प्यालेस्टाइन र भेनेजुएलासँग वामपन्थी ऐक्यबद्धता रहेको छ । यद्यपि भेनेजुएलामा ह्युगो चाभेजको मृत्यु पछिको दशकमा प्रगतिशील मूल्यहरूमा कमी आएको छ । अल्जेरिया र भियतनामसँग सन् १९६० को दशकको औपनिवेशिक विरोधी आन्दोलनहरूको पुराना यादहरू बाँकी छन्।
पश्चिमी प्रभाव क्षेत्रमा लामो समयदेखि रहेका प्रतिक्रियावादी शासनहरू इन्डोनेसिया, कुवेत, मोरक्को, साउदी अरब, थाइल्यान्ड र युएई पनि ब्रिक्स+ मा छन् । अक्टोबरको चुनावमा दक्षिणपन्थी जेभियर माइली विजय भएमा अर्जेन्टिना पनि त्यही पङ्क्तिमा सामेल हुन सक्छ। यसो हुँदा पश्चिमको इशारामा ब्रिक्समा तिनीहरूले भू-राजनीतिक आधारमा कुनै पनि बेला केही परिवर्तनहरू गर्ने वा उल्टाउने हुनसक्छ।
ब्रिक्सको अधुरो सपना: बहुपक्षीय सुधार
ब्रिक्सको नाममा अहिले हुँदै गरेको गठबन्धन र नयाँ सदस्यहरूलाई हेर्दा ब्रिक्स वा ब्रिक्स+ ब्लकले उनीहरूले भन्ने गरे जस्तो न्यायपूर्ण विश्व प्रणालीतर्फ अघि बढ्न सक्दैनन्। उदाहरणका लागि ब्रिक्स शिखर सम्मेलनले प्रायः बहुपक्षीय सुधारका लागि आकाङ्क्षाहरू व्यक्त गर्दछ। साथै संस्थागत, चिकित्सा र वित्तीय सहयोगका लागि सम्भावित व्यवस्थाहरूको चर्चा गर्छ जुन पश्चिममा भर पर्नु पर्दैन। तर, अहिलेसम्म त्यसको नतिजा सन्तोषजनक भने छैन।
छैन नयाँ मुद्रा घोषणाको सम्भावना
सन् २०२३ को सुरुमा डलर ओभर एक्सटेन्सनका आलोचकहरूले अमेरिकाका दुई वटा सबैभन्दा ठूलो वित्तीय संस्थाहरू टाट पल्टिए । फेब्रुअरीमा एक उत्साही ब्राजिलियन पत्रकार पेपे एस्कोबारले लोकप्रिय ट्वीटको शीर्षक दिए, "ब्रिक्स इट अप, बेबी" किनभने "यदि चीन, रुस र भारत सुन-समर्थित मुद्रामा सहमत छन् र त्यो भनेको डलरको अन्त्य हो... नयाँ मुद्राले अमेरिकी चालु खाता घाटा १८ ट्रिलियन डलर हुन्छ र डलर क्र्यास गर्नेछ।"
तर यस्तो प्रचार अवास्तविक थियो। त्यसैले जुनमा ब्रिक्सका विदेश मन्त्रीहरूको भेलाको लगत्तै दक्षिण अफ्रिकी कूटनीतिज्ञ अनिल सुकलालले मौद्रिक विद्रोहको सम्भावनालाई निस्तेज पारे: “हामीले डी-डलरीकरणको बारेमा कहिल्यै बोलेका छैनौँ। हामीले के गरेका छौँ, जुन कुनै नयाँ कुरा होइन, हामीले धेरै वर्ष पहिले एउटा सम्झौतामा हस्ताक्षर गरेका थियौँ, अन्तर बैङ्क सम्झौता, जसले हाम्रो स्थानीय मुद्रामा व्यापार गर्ने बाटो खुला गर्यो।"
तसर्थ, एस्कोबारले अगस्टको सुरुमा थप संयततापूर्वक भविष्यवाणी गरे, "ब्रिक्सले दक्षिण अफ्रिकामा नयाँ मुद्रा घोषणा गर्ने छैन, किनभने तिनीहरूले विवरणहरू पनि अध्ययन गरेका छैनन्। यो असम्भव छ। दोस्रो, किनभने तपाईँले नयाँ मुद्रा सुरु गर्न सक्नुहुन्न। यो दश वर्षसम्म लाग्न सक्ने प्रक्रिया हो।"
त्यस्तै, दिल्लीस्थित ट्राइकन्टिनेन्टल इन्स्टिच्युटका विजय प्रसाद अगस्टमा जोहानेसबर्ग विश्वविद्यालयको सेमिनारमा सहभागी भए: “अहिले कोही पनि डलरको स्थान लिन चाहँदैनन्। मैले पिपुल्स बैंक अफ चाइनाका मानिसहरूलाई सोधेँ, 'के रेन्मिन्बीले डलरलाई सप्लान्ट गर्नेछ?' तिनीहरूले त्यसो गर्न लागेका छैनन्। किन? किनभने चिनियाँहरू आफ्नो मुद्रामा पुँजी नियन्त्रण भएकोमा गर्व गर्छन्।”
प्रसादले भने, “के हामी छनौट गर्न सक्ने गरी विभिन्न मुद्राको टोकरी सहितको चरणमा प्रवेश गर्दैछौं? यो हुनसक्छ तर त्यो आउन लामो समय छ, त्यसैले डिडलराइजेशनको बारेमा अनलाइन (न्यूजपोर्टल)मा उत्साहित भएका मानिसहरू शान्त हुनुपर्छ।"
प्रतिक्रिया दिनुहोस