aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नयाँ नोट वितरण रोकिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
नयाँ नोट वितरण रोकिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरूपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो। अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा बार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ।

राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ । यसपटक प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही सुविधा दिइएको छ। गत वर्षभन्दा यो हजार ५ सयले कम हो । पछिल्ला वर्ष राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ। यो नीतिलाई पूर्णरूपमा कार्यान्वयन गरेपछि नयाँ नोट वितरण बन्द गरिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। 

यही क्रममा नोट व्यवस्थापनको काममा पनि अटोमेसन (स्वचालित) गर्ने काम सुरु गरिएको उनले बताए । ‘अबका एक दुई वर्षमा नोट व्यवस्थापन कार्य पूर्णरूपमा अटोमेसनमा लगिनेछ,’ उनले भने, ‘त्यसपछि बैक तथा वित्तीय संस्थालाई अटोमेसनमा जान बाध्य पारिनेछ ।’

सफा नोट नीति पूर्णरूपमा कार्यान्वयनमा ल्याएपछि दसै र तिहारमा नयाँ नोट बॉडनपर्ने अवस्था नहुने उनले बताए। ‘सफा नोट नीति
कार्यान्वयनपछि नोट पुरानो हुँदैन,’ उनले भने, सदै नयाँ भएपछि दसैं(तिहारमा मात्र नयाँ वितरण गर्नुपर्ने अवस्था रहँदैन ।

नोटमा केरमेट गर्न, रड लगाउन, जलाउन, माटोमा पुर्नलगायत विभिन्न विधिमार्फत नष्ट र फोहोर गर्न नपाइने कानुनी व्यवस्था छ । त्यस्तो गतिविधि गरेमा कानुनी कारबाही भोग्नुपर्ने मुलुकी एेनमा उल्लेख छ। यो समाचार आजको कान्तिपुर दैनिकम प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस