
एजेन्सी । भारतको अन्तरिक्ष यान 'चन्द्रयान-३' अहिले निकै चर्चामा छ । भोली २३ अगस्टको दिन चन्द्रमामा अवतरण गर्ने तयारीमा रहेको यो यानको उडान लागत भने एउटा सिनेमा निर्माणमा लाग्ने भन्दा कम रहेको खुलासा भएको छ ।
यसको मूल रूप सन् २०२१ मा सुरु भएको थियो । तर दुई वर्ष ढिला गरी सन् २०२३ मा मात्र यो अभियान अगाडी बढ्यो। सन् २०१९ को डिसेम्बरमा त्यहाँको यो मिसन चलाइरहेको संस्थाले ७५ करोड भारतीय रुपैयाको राष्ट्रिय वित्तीय संस्थासँग माग गरेको थियो।
अहिले सम्पूर्ण भारत २३ अगस्त को प्रतीक्षा गरिरहेको छ । किनकि यो दिन चन्द्र यान-३ चन्द्रमाको सतहमा उत्रदैछ । यसबिच प्रत्येक दिन यसले आफुले खिचेका तस्बिरहरू पृथ्वीमा पठाइरहेको छ। तर, यसमा लागेको खर्च भने पहिले भन्दा घटेको छ । भारतले यसअघी पठाएका दुई वटा यानमा भन्दा यसमा कम खर्च भएको भारतीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।
चन्द्र यान-३ के मिसनको बजेट जम्मा ६ अर्ब १५ करोड भारतीय रुपैयाँ मात्र रहेको छ । यो भनेको ७ करोड ५० लाख डलर हो। सन् २०१९ मा 'चन्द्रयान-२' मिसन असफल भएपछि 'चन्द्रयान-३' मिसन को थालनी गरिएको थियो । सन् २०२१ मा नै यो प्रक्षेपण गर्ने योजना थियो । तर कोभिड महामारीका कारण यसलाई प्रक्षेपण गर्ने चन्द्रमाको सतहमा ल्यान्ड गर्ने समय पछि सारिएको थियो।
भारतीय अन्तरिक्ष अनुसन्धान (इसरो) के पूर्व अध्यक्ष सिवन का अनुसार 'चन्द्रयान-३' को लागि लगभग ६१५ करोड रुपैयाँको बजेट तयार भएको छ। जनवरी २०२० को एक रिपोर्ट के अनुसार इसरो के पूर्व चेयरमैन सिवन जनाए अनुसार स्पेस यानको ल्याण्डर, रोवर र प्रोपल्शन मॉड्यूलको लागत लगभग २५० करोड रुपयाँ र लन्च सर्भिसको थप ३६५ करोड रुपैयाँ लागत देखिएको छ।
चन्द्रयान -३ अन्य मिसन र केही हलीवुड फिल्महरूको बजेटको तुलनामा निकै सस्तो छ। तर यो अनुमान छ कि अन्तिमसम्म यसमा कुल खर्च ६१५ करोड रुपैयाँ भन्दा बढी हुन सक्छ। सन् २००९ को चर्चित हलिउड सिनेमा अवतार अहिलेको हिसाबमा हेर्ने हो भने १९ अर्ब ७० करोड भारतीय रुपैयाँ बराबरको बजेटमा तयार भएको थियो । यसरी हेर्दा यो मिसन एउटा सिनेमाको लागत भन्दा तीन गुणा कम खर्चमा पुरा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस