काठमाडौं । नेपाली साझेदार कम्पनी यती वर्ल्ड इन्भेस्टमेन्टसँगको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सबाट हासाको तिब्बत एयरलाइन्सले आफ्नो सेयर झिकेको छ । तिब्बत एयरलाइन्सले बेचेको सेयर तिब्बत सिभिल एभिएसन डेभलभमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले किनेको छ ।
सेयर खरिद गर्ने तिब्बत सिभिल एभिएसन डेभलभमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पूर्ण सरकारी स्वामित्वको रहेको कम्पनीमा नेपाली साझेदारतर्फका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। यसअघिको तिब्बत एयरलाइन्स भने अर्धसरकारी लगानीकर्ता कम्पनी थियो।
'सेयर किनबेचको सबै काम सकिएको छ' हिमालयमा आबद्ध एक वरिष्ठ अधिकारीले भने, 'केही कागजात मिलाउन र घोषणा गर्न मात्रै बाँकी छ। ३ अर्ब रुपैया लगानीमा सञ्चालित हिमालय एयरलाइन्समा भएको लगानीकर्ताको हेरफेरसंगै यसमा चिनियाँ लगानीकर्ता हाबी भएका छन्।
यसअघि भने नेपाली वायुसेवा कम्पनी यती एयर कम्पनीअन्तर्गतको यती वर्ल्ड इन्भेस्टमेन्टको सेयर बाहुल्य थियो। हिमालयमा यतीको ५१ दशमलव पर तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत सेयर हिस्सा थियो । यो समाचार अजाको कान्तिपुर दैनिकमा प्रकशित छ ।
प्रतिक्रिया दिनुहोस