aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

होटलमा जुवातास खेलिरहेका छ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
होटलमा जुवातास खेलिरहेका छ जना पक्राउ

सिन्धुली । जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । दुधौली नगरपालिका १० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस